भिजिट भिसाका लागि २ लाख ५० हजार बचत देखाए पुग्ने, गृहद्वारा १८ बुँदे निर्देशन (पत्रसहित)
अब भिजिट भिसामा जाने नेपालीले कम्तीमा पाँच लाख रुपैयाँ कर योग्य आय भएर कम्तीमा २ लाख ५० हजार रुपैयाँ बैंक बचत देखाए पुग्ने भएको छ ।
काठमाडौं, फागुन २६ : गृह मन्त्रालयले भिजिट भिसा नियमनका लागि १८ बुँदामा निर्देशन जारी गरेको छ । गृहले कार्यदलका सिफारिसभन्दा थोरै हेरफेर गरेर अरू मापदण्डहरू पनि जारी गरेको जनाएको छ ।
जारी गरिएका बुँदाहरू कार्यान्वयनमा दुविधा भएमा अध्यागमन कार्यालयका प्रमुखले विभागका महानिर्देशकको पूर्वस्वीकृति लिएर आवश्यक निर्णय गर्न सकिने पनि उल्लेख गरिएको छ । यस्तै अब भिजिट भिसामा जाने नेपालीले कम्तीमा पाँच लाख रुपैयाँ कर योग्य आय भएर कम्तीमा २ लाख ५० हजार रुपैयाँ बैंक बचत देखाए पुग्ने भएको छ ।

यसअघि विदेश जाने नेपालीले कम्तीमा दस लाख रुपैयाँ आय र ५ लाख रुपैयाँ बैंक बचत देखाउनुपर्ने भनिएतापनि तत्काल उक्त व्यवस्था तत्काल लागू नहुने भएको हो ।
“भिजिट भिसा र सोबाट सिर्जित समस्या तथा समाधानका उपायहरू सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलले तयार गरेको निवेदन कार्यान्वयन गर्न अध्यागमन विभागले कार्यविधि तयार गरिरहेको सन्दर्भमा पत्र लेख्ने काम भएको छ,” गृहको विज्ञप्तिमा भनिएको छ, “उक्त कार्यविधि तयार भई कार्यान्वयनमा नआउन्जेलसम्म देहाय बमोजिम गर्ने व्यवस्था मिलाउनु हुन मिति २०७८/११/२६ को निर्णयानुसार (सचिवस्तर) अनुरोध छ ।”













