Kathmandu Press

श्रीलङ्काका सबैभन्दा जेष्ठ नागरिकको निधन

श्रीलङ्काका सबैभन्दा जेष्ठ नागरिकको निधन

कोलम्बो, फागुन २६ : श्रीलङ्काका सबैभन्दा जेष्ठ नागरिकको बिहीबार निधन भएको छ।

देशको दक्षिणी क्षेत्रमा पर्ने वेलिगामाका स्थानीय बासिन्दा कान्कानाम गामागे डिन्डीहामीको ११६ वर्षको उमेरमा निधन भएको हो।  

उनको जन्म सन् १९०६ को जनवरी ११ मा भएको थियो। श्रीलङ्का सरकारले भने उनको उमेर सन् २०१७ मा प्रमाणित गरेको थियो।

उनी १११ वर्षको भएको बेला सरकारले उनलाई देशको सबैभन्दा जेष्ठ नागरिकको प्रमाणपत्र दिएको थियो।

उनी दुई छोरा र एक छोरीकी आमा थिइन। उनको श्रीमानको भने ४० वर्ष अगाडि नै निधन भएको थियो।

उनी शाकाहारी थिइन। उनको परिवारजनले जीवनभरी एक पटक मात्रै उनी अस्पतालमा भर्ना भएको दावी गरेका छन्। सन् १९८२ मा मात्रै अस्पताल भर्ना भएको पारिवारिक सदस्यहरूको भनाई छ।

प्रकाशित मिति: १९:४५ बजे, बिहीबार, फागुन २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्