Kathmandu Press

स्थानीय निर्वाचनमा ७९ दलले भाग लिन पाउने  

काठमाडौं, फागुन २६ : स्थानीय तह निर्वाचनका लागि ७९ दल दर्ता भएका छन् । निर्वाचन आयोगमा ८० दलले दर्ताको निवेदन दिएका थिए ।तीमध्ये...
स्थानीय निर्वाचनमा ७९ दलले भाग लिन पाउने  

काठमाडौं, फागुन २६ : स्थानीय तह निर्वाचनका लागि ७९ दल दर्ता भएका छन् । निर्वाचन आयोगमा ८० दलले दर्ताको निवेदन दिएका थिए ।

तीमध्ये ७९ दल दर्ता भएको आयोगले जनाएको छ । आयोगले फागुन ५ गतेदेखि १५ गतेसम्म दल दर्ताका आह्वान गरेको थियो ।

आवश्यक प्रक्रिया नपुगेकाले ऋषि कट्टेल नेतृत्वको दल दर्ता अस्वीकार गरिएको आयोगले जनाएको छ ।

अब वैशाख ३० गते हुने निर्वाचनमा ७९ दलले भाग लिन पाउने छन् ।

प्रकाशित मिति: १९:१३ बजे, बिहीबार, फागुन २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्