मिर्गौला पीडितका लागि चार लाख सङ्कलन
दमौली, फागुन २६ : नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रीय सदस्य रामचन्द्र पण्डितको मिर्गौला उपचारका लागि सहयोग रकम जुट्ने क्रम सुरु भएको छ। दुवै...दमौली, फागुन २६ : नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रीय सदस्य रामचन्द्र पण्डितको मिर्गौला उपचारका लागि सहयोग रकम जुट्ने क्रम सुरु भएको छ। दुवै मिर्गौला फेल भई मिर्गौला प्रत्यारोपणको तयारीमा रहेका दमौली निवासी पण्डितको उपचारमा सहयोग जुट्न थालेको हो।
तनहुँ र कास्कीका विभिन्न कार्यालयका कर्मचारीबाट पण्डितको उपचारका लागि रकम जुटेको सङ्गठनका तनहुँ अध्यक्ष रुद्र ठकुरीले जानकारी दिए। जिल्ला भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र तनहुँका अधिकृत पण्डितको उपचारका लागि हालसम्म चार लाख नौ हजार १८० रूपैयाँ सङ्कलन भएको छ।
पण्डितको उपचारका लागि निजामती कर्मचारी सङ्गठन तनहुँबाट ५० हजार ८४५ रूपैयाँ, निजामती कर्मचारी सङ्गठन कास्कीबाट एक लाख ९५ हजार रूपैयाँ, मालपोत कार्यालय तनहुँबाट ३१ हजार ५०० रूपैयाँ, कृषि ज्ञान केन्द्र तनहुँबाट २८ हजार रूपैयाँ, म्याग्दे गाउँपालिकाबाट २१ हजार ६३५ रूपैयाँ र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँबाट ८२ हजार ७०० रूपैयाँ सङ्कलन भएको छ।