Kathmandu Press

खाना खाइ सुतेका व्यक्ति मृत फेला

काठमाडाैं, फागुन २६ : यता काठमाडौँ महानगरपालिका–३२ जडीबुटीस्थित जयाबाबा विश्वकर्मा कबाडी सेन्टरमा काम गर्ने भारत मोतिहारी थानाढाका स्थायी घर भएका ६५ वर्षीय रामबालक...
खाना खाइ सुतेका व्यक्ति मृत फेला

काठमाडाैं, फागुन २६ : यता काठमाडौँ महानगरपालिका–३२ जडीबुटीस्थित जयाबाबा विश्वकर्मा कबाडी सेन्टरमा काम गर्ने भारत मोतिहारी थानाढाका स्थायी घर भएका ६५ वर्षीय रामबालक महतो आज मृत फेला परेका छन्।

बिहान पूजापाठ गरी विभिन्न स्थानबाट कबाडी सामान सङ्कलन गरी खाना खाएर सुतेका उनी मृत भेटिएका हुन्। उक्त घटनाका विषयमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले थप अनुसन्धान गरिरहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १८:२० बजे, बिहीबार, फागुन २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्