Kathmandu Press

चौदण्डीगढीमा भूमिहीनलाई जग्गाकाे निस्सा वितरण

काठमाडाैं, फागुन २६ : राष्ट्रिय भूमि आयोग उदयपुरले चौदण्डीगढी नगरपालिका-५ का भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीहरूलाई निस्सा वितरण गरेको छ।जिल्लाका स्थानीय...
चौदण्डीगढीमा भूमिहीनलाई जग्गाकाे निस्सा वितरण

काठमाडाैं, फागुन २६ : राष्ट्रिय भूमि आयोग उदयपुरले चौदण्डीगढी नगरपालिका-५ का भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीहरूलाई निस्सा वितरण गरेको छ।

जिल्लाका स्थानीय तहहरूमा जग्गाको निस्सा वितरण गर्ने अभियानअन्तर्गत बिहीबार निस्सा वितरण गरेको हो। चौदण्डीगढी गरपालिकाका नगरप्रमुख खगेन्द्र राइले उक्त क्षेत्रका भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यबस्थित बसोबासीहरूलाई एक कार्यक्रमको आयोजना गरेर निस्सा प्रदान गरेका थिए।

चौदण्डीगढी नगरपालिकामा २३८७ हेक्टर जमिन भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीहरूले उपभोग गर्दै आएका छन्। उनीहरुले उपभोग गर्दै आएको उक्त जमिन कानुनीरुपमा आफ्नो स्वामित्वमा नहुँदा चाहेर पनि कुनै किसिमको व्यापार  व्यावसाय गरेर आत्मनिर्भर हुन नसकेको गुनासो गरेका थिए।

यसैबीच तीन दशक पहिलानै नापी भएका तर विभिन्न कारणले लालपुर्जा प्राप्त नगरेका जिल्लाका सबै अधुरा कार्यको काम समेत छिट्टै पुरा भएर स्थानियले लालपुर्जा प्राप्त गर्ने भएका छन्।

राष्ट्रिय भूमि आयोग केन्द्रीय कार्यालयले निर्णय गरेर पत्र जिल्ला पठाइसकेको हुनाले तत्काल उनीहरुलाई लालपुर्जा उपलब्ध गराइने राष्ट्रिय भूमि आयोग उदयपुर जिल्ला अध्यक्ष बलबहादुर तामाङले जानकरी दिएका छन्। 

प्रकाशित मिति: १८:०१ बजे, बिहीबार, फागुन २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्