Kathmandu Press

संखुवासभा बस दुर्घटना : मृतककाे संख्या १५ पुग्याे

काठमाडौं, फागुन २४ : संखुवासभाको मादी–६ मा आज (बिहीबार) बिहान भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १५ पगेको छ।दुर्घटनामा घाइते भएका पाँचजनामध्ये मादी–५ की...
संखुवासभा बस दुर्घटना : मृतककाे संख्या १५ पुग्याे

काठमाडौं, फागुन २४ : संखुवासभाको मादी–६ मा आज (बिहीबार) बिहान भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ।

दुर्घटनामा घाइते भएका पाँचजनामध्ये मादी–५ की युका पोखरेलको उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या १५ पुगेको जिल्ला प्रहरी कार्यालय  संखुवासभाले जनाएको छ। चालक र सहचालकसहित १४ जनाको भने घटनास्थलमै मृत्यु भएको थियो।

दुर्घटनामा घाइते भएका पाँचैजनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। तीमध्ये एकजनाको मृत्यु भएको हो।

प्रहरीका अनुसार घाइते अन्य चारजनाको त्यही नै उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको जानकारी अस्पतालले दिएको छ।

मादीको ओखरबोटे बजारबाट झापाको दमक जाँदै गरेको को४ख ७३५ नम्बरको बस मादी–६ को सातघुम्तीनजिकै दुर्घटनामा परेको थियो।

प्रकाशित मिति: १७:२५ बजे, बिहीबार, फागुन २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्