मतगणना सहज हाेस् भनेर मतपत्रमा हरियो रङ प्रयाेग गर्न लागिएकाे आयोगकाे प्रस्टाेक्ति
काठमाडौं, फागुन २६ : निर्वाचन आयोगले मतगणनामा कठिनाइ नहाेस् भनेर मतपत्रमा चुनाव चिह्न हरियो रङको बनाउन खोजिएको बताएको छ।आज (बिहीबार) आयोजित नियमित पत्रकार...
काठमाडौं, फागुन २६ : निर्वाचन आयोगले मतगणनामा कठिनाइ नहाेस् भनेर मतपत्रमा चुनाव चिह्न हरियो रङको बनाउन खोजिएको बताएको छ।
आज (बिहीबार) आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले मतगणनामा सजिलो होस् भनेर चुनाव चिह्न र स्वस्तिक छापको रङ फरक पार्न त्यसाे गरिएकाे जानकारी दिए।
निर्वाचनमा मतदाताले प्रयोग गर्ने स्वस्तिक छाप निलो रङको प्रयोग हुने गरेकाे निर्वाचन चिह्रनकाे रङ पनि त्यही हुँदा प्राविधक समस्या आएकाले विज्ञहरूकाे सुझावका आधारमा रङ भिन्न बनाउने निर्णय गरिएकाे आयाेगकाे भनाइ छ।
२०७४ सालको निर्वाचनमा चुनाव चिह्न र स्वस्तिक छापको रङ एउटै हुँदा खासगरी रातको समयमा मतगणना गर्न कठिन भएको उनले बताए। त्यस्ताे समस्या नदाेहाेरियाेस् भनेर रङ भिन्न पार्न खोजिएको अर्यालले स्पष्ट पारे।
‘गणना गर्न सजिलो होस् भन्ने उद्देश्यले मात्र चुनाव चिह्नको रङ र स्वस्तिक छापको रङमा भिन्नता ल्याउन खोजिएको हो। यसमा कसैलाई द्विविधा छ भने प्रस्ट पार्न आयोग सदैव तत्पर छ,’ उनले भने।
आयोगले मतपत्रमा हरियो रङ प्रयोग गर्ने निर्णय गरेपछि एमाले अध्यक्ष केपी ओलीले त्यसको विरोध गरेका थिए। आयोगले कांग्रेसको चुनाव चिह्न रुखसँग मिल्ने गरी हरियो रङ प्रयोग गर्ने निर्णय गरेको भन्दै ओलीले आपत्ति जनाएका थिए।
त्यस्तै आयोगसँग भएको भोटिङ मेसिनबाट मतदान गर्दा प्राविधिक समस्या देखिने भएकाले प्रयोग गर्न नसकिने अर्यालले बताए। उनले विदेशमा रहेका नेपालीहरुलाई निर्वाचनमा भाग लिने व्यवस्थाका लागि कानुनी पूर्वाधार नबनेको उल्लेख गरे।
त्यस्तै अर्यालले मतदाता नामावली अध्यावधिक गर्ने काम नियमित भइरहेको र अन्तिम नामावली गर्ने चरणमा आयोग पुगेको जानकारी दिए। निर्वाचन प्रयोजनका लागि २३ प्रकारका निर्वाचन सामग्री खरिदका लागि न्यूनतम खरिद मूल्य प्रस्ताव गर्ने कम्पनीको नाम स्वीकृत भएको र सम्झौताको प्रक्रियामा रहेको जानकारी दिए।
बाइट..........
त्यस्तै आयोगले मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नाम प्राप्त भएको र अध्ययनको क्रममा रहेको जनाएको छ ।











