प्रहरी प्रधान कार्यालयले भन्यो– म्यादी प्रहरी भर्नासम्बन्धी सूचना प्रकाशित भएको छैन
काठमाडौं, फागुन २६ : प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरीमा भर्ना खुलेको भन्ने सूचनाको खण्डन गरेको छ। स्थानीय तहको निर्वाचन मिति नजिक आउँदै गर्दा सामाजिक सञ्जालमार्फत...
काठमाडौं, फागुन २६ : प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरीमा भर्ना खुलेको भन्ने सूचनाको खण्डन गरेको छ।
स्थानीय तहको निर्वाचन मिति नजिक आउँदै गर्दा सामाजिक सञ्जालमा म्यादी प्रहरीकाे भर्ना खुलेकाे भन्दै भ्रम फैलाएको भन्दै प्रहरी प्रधान कार्यालयले त्यस्ता कुनैपनि सूचना जारी नभएको जानकारी दिएको छ।
प्रहरीका केन्द्रीय प्रवक्ता विष्णु कुमार केसीले विज्ञप्ति जारी गर्दै प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरी भर्नासम्बन्धी सूचना प्रकाशित नगरेको जानकारी दिएका हुन्।
उनले आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना नेपाल प्रहरीको वेबसाइट र सार्वजनिक सञ्चारमाध्यममा भविष्यमा प्रकाशित हुने समेत उल्लेख गरेका छन्।

प्रकाशित मिति: १६:१६ बजे, बिहीबार, फागुन २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











