देशभरि थपिए ११२ कोरोना संक्रमित, ४२९ जना निको
काठमाडाैं, फागुन २६ : नेपालमा थप १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको ६ हजार ८ सय १ पिसिआर परीक्षणका...
काठमाडाैं, फागुन २६ : नेपालमा थप १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको ६ हजार ८ सय १ पिसिआर परीक्षणका क्रममा ७७ जना र २ हजार ५ सय २७ एन्टीजेन परिक्षणका क्रममा ३५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यस्तै कोरोनाका कारण बिहीबार पनि कसैको पनि मृत्यु भएको छैन। नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९ सय ४९ जनाको मृत्यु भएको छ।
त्यस्तै थप ४ सय २९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६० हजार ४ सय ९७ जना निको भएका छन्।
हाल ५ हजार ३ सय ४० सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेका छन्।
प्रकाशित मिति: १६:०४ बजे, बिहीबार, फागुन २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











