Kathmandu Press

राष्ट्रिय सभामा एमाले संसदीय दलको नेतामा भट्टराई, प्रमुख सचेतकमा दाहाल 

राष्ट्रिय सभामा एमाले संसदीय दलको नेतामा भट्टराई, प्रमुख सचेतकमा दाहाल 

काठमाडौं, फागुन २६ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभाको संसदीय दलको नेता र प्रमुख सचेतक चयन गरेको छ। 

एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार राष्ट्रिय सभा संसदीय दलको नेतामा खिमलाल भट्टराईलाई नियुक्त गरेका हुन्। त्यस्तै प्रमुख सचेतकमा देवेन्द्र दाहाल नियुक्त भएका छन्। 

दाहाललाई पनि ओलीले बिहीबार नै राष्ट्रिय सभाको प्रमुख सचेतकमा नियुक्त गरेका हुन्। दुबै जनालाई ओलीले आफ्नो निवास बालकोटमा नियुक्तिको पत्र दिएका हुन्।  

यसअघि सुमन प्याकुरेल राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता थिए। उनको पदावधि फागुन १९ गते सकिएको छ।

प्रकाशित मिति: १५:५० बजे, बिहीबार, फागुन २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्