Kathmandu Press

संखुवासभा बस दुर्घटनामा मृत्यु हुने १४ जनाकै सनाखत (अपडेट)

दुर्घटनामा सवारी चालक र सहचालकसहित मृत्यु भएका १४ जनाकै परिचय खुलेको प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिएका छन्। 
संखुवासभा बस दुर्घटनामा मृत्यु हुने १४ जनाकै सनाखत (अपडेट)

काठमाडौं, फागुन २६ : संखुवासभा बस दुर्घटनामा ज्यान गुमाउने १४ जनाकै सनाखत भएको छ। बिहीबार बिहान साढे ७ बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको थियो । 

दुर्घटनामा सवारी चालक र सहचालकसहित मृत्यु भएका १४ जनाकै परिचय खुलेको प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिएका छन्। 

मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको फाक्चामाराका ३० वर्षीय विपीन निरौला, संखुवासभा मादी–५ का सहचालक ३५ वर्षीय उमेश भट्टराई, मादी–६ का ३० वर्षीया सीता बिक। ३२ वर्षीया अञ्जना कटुवाल, तुलसा कटवालको पाँच वर्षीया छोरी दिक्षा कटवाल, मादी–५ का ४९ वर्षीय भवानीप्रसाद दाहाल, मादी–५ का ५५ वर्षीय श्याम शेर्पा, मादी–४ का आइतबहादुर तामाङ, मादी–२ का  ४२ वर्षीय ईन्द्र अधिकारी रहेका छन्। 

त्यस्तै मादी–४ का ६० वर्षीय बलबहादुर कार्की,  २८ वर्षीया सबिता कार्की, मादी–५ का ४८ वर्षीय दिपककुमार दाहाल, ताप्लेजुङका ३१ वर्षीया समीक्षा योञ्जन र समीक्षा योञ्जनको ८ वर्षीय छोरा सुदिप घिसिङ रहेका  प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । 

घाइते हुनेमा मादी–५ का सुवाष गोले, युवा पोख्रेल र मादी–६ का तुलसा कटुवाल, अम्बिका विक, डम्बरबहादुर कार्की छन् । उनीहरुको हेलिकप्टरबाट उद्धार गरिएको छ।  

प्रकाशित मिति: १५:२६ बजे, बिहीबार, फागुन २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्