Kathmandu Press

अमेरिकी तल्लो सदनद्वारा युक्रेनका लागि खर्च विधेयक पारित

वासिङटन, फागुन २६ : अमेरिकी प्रतिनिधि सभाले बुधबार साँझ संघीय सरकारलाई सेप्टेम्बर ३० सम्म कोष र युक्रेनलाई रुसी सैन्य कारबाहीका क्रममा १३.६ बिलियन...
अमेरिकी तल्लो सदनद्वारा युक्रेनका लागि खर्च विधेयक पारित

वासिङटन, फागुन २६ : अमेरिकी प्रतिनिधि सभाले बुधबार साँझ संघीय सरकारलाई सेप्टेम्बर ३० सम्म कोष र युक्रेनलाई रुसी सैन्य कारबाहीका क्रममा १३.६ बिलियन डलर सहयोग उपलब्ध गराउन सर्वसुलभ खर्चसम्बन्धी विधेयक पारित गरेको छ।

विधेयकले २०२२ सेप्टेम्बर ३० सम्म अमेरिकी सरकारलाई कोष सञ्चालन अनुमति दिनेछ। हालको कोष शुक्रबार मध्यरातमा समाप्त हुँदैछ।

विधेयकले ७३० बिलियन गैर रक्षा कोष र ७८२ बिलियन रक्षाको लागि र  युक्रेनको लागि मानवीय, आर्थिक र रक्षा सहयोग को लागि १३.६ बिलियन विनियोजन गर्नेछ।

प्रकाशित मिति: १४:३५ बजे, बिहीबार, फागुन २६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्