Kathmandu Press

कांग्रेसको बारा जिल्ला सभापतिका लागि पुनः मतदान हुने 

कलैया, फागुन २६ : नेपाली कांग्रेस बाराको बुधबार सम्पन्न निर्वाचनको सभापति पदको नतिजा सार्वजनिक भएको छ । कूल दुई हजार ४९३ मतदाता रहेकामा जम्मा दुई...
कांग्रेसको बारा जिल्ला सभापतिका लागि पुनः मतदान हुने 

कलैया, फागुन २६ : नेपाली कांग्रेस बाराको बुधबार सम्पन्न निर्वाचनको सभापति पदको नतिजा सार्वजनिक भएको छ । 

कूल दुई हजार ४९३ मतदाता रहेकामा जम्मा दुई हजार ४०० मत खसेको प्रमुख निर्वाचन अधिकृत राजकुमार उप्रेतीले जानकारी दिए। 

सभापतिका उम्मेदवार राजेशराय यादवले ८३३ मत सहित पहिलो, शम्भुबहादुर बुढाथोकी ८०९ मतसहित दोस्रो र रमानन्द यादव ७०८ मतसहित तेस्रो स्थानमा आएका छन्। निर्वाचन अधिकृत उप्रेतीले २८ मत बदर भएको जानकारी दिए।

यस निर्वाचनमा ५१ प्रतिशत मत हासिल गर्न कुनै पनि उम्मेदबारले नसकेपछि दोस्रो चरणमा मतदान हुने भएको छ ।

बिहीबार दुई उम्मेदवारबीच छलफल गरेपछि अर्को निर्वाचनको मिति तोक्ने निर्वाचन अधिकृत उप्रेतीले जानकारी दिए। सम्भवत फागुन २७ गते नै निर्वाचन गर्ने गरी छलफल अगाडि बढाइएको निर्वाचन अधिकृत उप्रेतीको भनाइ छ। 

प्रकाशित मिति: १४:३४ बजे, बिहीबार, फागुन २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्