Kathmandu Press

अफगान महिलामाथि लगाइएका प्रतिबन्ध हटाउन महिला विदेशमन्त्रीहरूकाे आह्वान

अफगान महिलामाथि लगाइएका प्रतिबन्ध हटाउन महिला विदेशमन्त्रीहरूकाे आह्वान

काबुल, फागुन २६ : अफगानिस्तानमा आयोजित एक बैठकमा विश्वका १७ देशका महिला विदेशमन्त्रीले अफगानिस्तानमा भइरहेको मानवअधिकार उल्लंघन र महिलामाथि हुने प्रतिबन्धका सम्बन्धमा गहिरो चिन्ता व्यक्त गरेका छन्।

अफगानिस्तानमा जारी महिला दमनबारे चिन्ता व्यक्त गर्दै विदेशमन्त्रीहरूले तालिबानलाई सबै प्रतिबन्धहरू हटाउन आह्वान गरेका छन्। अफगानिस्तानमा महिलाहरूको दमनमा चिन्ता व्यक्त गर्दै विदेश मन्त्रीहरूले तालिबानलाई अफगान महिलाहरू विरुद्धका सबै प्रतिबन्धहरू, विशेष गरी शिक्षा अवरोधहरू हटाउन आग्रह गरेको, टोलो न्यूजले उल्लेख गरेको छ।

मन्त्रीहरूले मानवअधिकार उल्लङ्घन बारे गहिरो चिन्ता व्यक्त गर्दै विशेष गरी महिला र केटीहरूलाई शिक्षामा पूर्ण पहुँच र सहभागिताको सुनिश्चितता गर्न आह्वान गरेका छन्। बैठकका सहभागीहरूले तालिबानका कार्यहरू, विशेष गरी महिलासँग सम्बन्धित गतिविधिहरूको नजिकबाट निगरानी जारी राख्ने निर्णय पनि गरेका छन्।

अफगान महिला र मानव अधिकारका लागि अमेरिकी विशेष दूत रिना अमिरीले अन्तरराष्ट्रिय महिला दिवसमा समावेशी, स्थिर र आर्थिक रूपमा सक्षम अफगानिस्तानका लागि अफगान महिलाहरूको सहभागिताको महत्त्वमा जोड दिएपछि यो कुरा  सार्वजनिक भएको हो ।

यसैबीच तालिबानले अफगानिस्तान कब्जा गरेपछि अफगान महिलाहरू जागिरबाट वञ्चित भएका छन् ।

प्रकाशित मिति: १४:२७ बजे, बिहीबार, फागुन २६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्