एकीकृत समाजवादीबाट मन्त्री बन्नेहरूकाे कार्यशैलीमाथि बैठकमा उठ्याे प्रश्न
काठमाडाैं, फागुन २६ : नेकपा एकीकृत समाजवादीको काठमाडौंमा जारी केन्द्रीय कमिटी बैठकमा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुको कार्यशैलीमाथि प्रश्न उठेको छ।आज (बिहीबार) को...
काठमाडाैं, फागुन २६ : नेकपा एकीकृत समाजवादीको काठमाडौंमा जारी केन्द्रीय कमिटी बैठकमा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुको कार्यशैलीमाथि प्रश्न उठेको छ।
आज (बिहीबार) को बैठकमा समूहगत छलफलको निष्कर्ष राख्ने क्रममा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुको कार्यशैली र आचरणमा प्रश्न उठेको एकीकृत समाजवादीका नेता गंगालाल तुलाधरले जानकारी दिए।
पार्टीको निर्देशन र आचारसंहिताविपरीत मन्त्रीहरुले काम गर्ने गरेको र पार्टीसँगको तालमेल मिल्न नसकेकोलगायत प्रश्न उठेको नेता तुलाधरको भनाइ थियो।
उनले अब पार्टीभित्र एमसिसीको विवाद सकिएको र सम्मानित नेता झलनाथ खनालले पनि अन्य सन्दर्भमा छलफल गर्न उपयुक्त हुने बताएको जानकारी दिए। त्यस्तै स्थानीय निर्वाचनका लागि र प्रतिगामी तत्वहरुलाई परास्त गर्न पनि गठबन्धनलाई कायमै राखनुपर्ने सुझाव आएको तुलाधरले बताए।
यसअघि पार्टी अध्यक्ष माधवकुमार नेपालले बुधबार प्रस्तुत गरेको राजनीतिक प्रस्तावमाथि नौवटा समूह बनाएर केन्द्रीय सदस्यहरुले छलफल गरेका थिए।











