एमसिसी अनुदानले देशको विकास र रोजगारी वृद्धिमा सहयोग पुर्याउँछ : प्रधानमन्त्री
पर्सा, फागुन २६ : प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी सम्झौताअनुसार प्राप्त हुने अनुदानबापतको रकमले देशको विकास र रोजगार वृद्धिमा सहयोग पुग्ने बताएका छन्। आज (बिहीबार) कांग्रेस...
पर्सा, फागुन २६ : प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी सम्झौताअनुसार प्राप्त हुने अनुदानबापतको रकमले देशको विकास र रोजगारी वृद्धिमा सहयोग पुग्ने बताएका छन्।
आज (बिहीबार) कांग्रेस पर्साको नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र हस्तान्तरण गर्न वीरगन्माज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमसिसी परियोजना मुलुकको हितमा रहेको बताए।
‘एमसीसीबाट आउने रकम ऋण होइन अनुदान हो । यसले देशको विकास र रोजगारी वृद्धिमा सहयोग पुर्याउँछ,’ उनले भने, ‘यो परियोजना मुलुकको हितमा छ।’
उनले चीन र भारत दुवै छिमेकीसँग नेपालले समदुरी कायम गरी सन्तुलित सम्बन्ध राखेर अगाडि बढ्नुपर्नेमा जोड दिए।
उनले अहिलेको सत्तागठबन्धन आगामी चुनावसम्म नै कायम रहने पनि बताएका छन्। ‘अहिले एक्लै चुनाव लड्दा कुनै पनि दलले बहुमत ल्याउन सक्ने अवस्था छैन, त्यसकारण चुनावमा गठबन्धनका दलहरुसँग मिलेर कांग्रेसले चुनाव लड्नुपर्छ।’
उनले गठबन्धनमा हाबद्ध दलहरुलाई चिढ्याउने काम नगर्न नेताकार्यकर्ताहरुलाई निर्देशन दिए। संविधानको रक्षा र लोकतन्त्रलाई संस्थागत गर्न पनि गठबन्धनका दलहरु बीचको सहकार्य र एकता हुनु आवश्यक रहेको उनको भनाइ थियो।
पर्सा कांग्रेस जिल्ला सभापतिमा जनार्दन सिंह क्षेत्री निर्वाचित भएका थिए। उनीलगायत जिल्ला कार्यसमितिमा विजयी सबै पदाधिकारी तथा सदस्यलार्इृ प्धानमन्त्री देउवाले बधाई दिँदै प्रमाणपत्र हस्तान्तरण गरे।











