Kathmandu Press

युक्रेनबाट चिनियाँ नागरिक बोकेका दुई जहाज चीन पुगे

बेइजिङ, फागुन २६ : युक्रेनबाट निकालिएका चिनियाँ नागरिक बोकेका दुईवटा अस्थायी उडान बिहीबार सकुशल चीन आइपुगेका छन्।बिहान ८ः०२ मा पहिलो उडान पूर्वी चीनको...
युक्रेनबाट चिनियाँ नागरिक बोकेका दुई जहाज चीन पुगे

बेइजिङ, फागुन २६ : युक्रेनबाट निकालिएका चिनियाँ नागरिक बोकेका दुईवटा अस्थायी उडान बिहीबार सकुशल चीन आइपुगेका छन्।

बिहान ८ः०२ मा पहिलो उडान पूर्वी चीनको झेजियाङ प्रान्तको हाङझाउमा र दोस्रो उडान ११ः१२ बजे पूर्वी चीनको शानडोङ प्रान्तको जिनानमा आइपुगेको जनाइएको छ।

यसअघि युक्रेनबाट चिनियाँ नागरिकहरूलाई फिर्ता लैजाने सात अस्थायी उडानहरू पहिले चीन पुगिसकेका छन्।

प्रकाशित मिति: १२:३४ बजे, बिहीबार, फागुन २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्