Kathmandu Press

ब्लिङ्केन कुलेबा टेलिफोन वार्ता : युक्रेनलाई सुरक्षा र मानवीय सहयता प्रदानबारे छलफल 

काठमाडौं, फागुन : अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाबीच टेलिफोन वार्ता भएको छ।   उनीहरू  बीच युक्रेनलाई थप सुरक्षा र मानवीय सहायता...
ब्लिङ्केन कुलेबा टेलिफोन वार्ता : युक्रेनलाई सुरक्षा र मानवीय सहयता प्रदानबारे छलफल 

काठमाडौं, फागुन : अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाबीच टेलिफोन वार्ता भएको छ।   

उनीहरू  बीच युक्रेनलाई थप सुरक्षा र मानवीय सहायता उपलब्ध गराउने समन्वयात्मक प्रयासहरूबारे छलफल भएको अमेरिकी  विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले बताएका छन्। 

वार्तापछि आधिकारिक विज्ञप्ति जारी गर्दै विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनले आज युक्रेनी विदेशमन्त्री दिमिट्रो कुलेबासँग फोनमा कुरा गरेको र उनीहरू बीच युक्रेनलाई थप सुरक्षा सहयोग र मानवीय सहयोग उपलब्ध गराउने समन्वयात्मक प्रयासहरूबारे छलफल भएको जनाइएको छ।

ब्लिन्केन र कुलेबाले रुसको सैन्य कारबाही रोक्न जारी कूटनीतिक प्रयासहरूबारे पनि छलफल गरेको प्राइसले उल्लेख गरेका छन्। 

प्रकाशित मिति: १२:२५ बजे, बिहीबार, फागुन २६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्