Kathmandu Press

कांग्रेस नेतृ डा‍. आरजुले बाँडिन् विद्यार्थीलाई झोला र अस्पताललाई झुल

धनगढी, असाजे ९ : कांग्रेस नेतृ डा.आरजु देउवाले धनगढी उपमहानगरपालिकाभित्रका सामुदायिक विद्यालयका दुई हजारभन्दा बढी विद्यार्थीहरुलाई शैक्षिक सामग्र....

कांग्रेस नेतृ डा‍. आरजुले बाँडिन् विद्यार्थीलाई झोला र अस्पताललाई झुल

धनगढी, असाजे ९ : कांग्रेस नेतृ डा.आरजु देउवाले धनगढी उपमहानगरपालिकाभित्रका सामुदायिक विद्यालयका दुई हजारभन्दा बढी विद्यार्थीहरुलाई शैक्षिक सामग्रीसहितको झोला वितरण गरेकी छन्। 

धनगढी उपमहानगरपालिका र ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक), सफा सुनौलो नेपालको समन्वय र चाइना फाउन्डेसनको आर्थिक सहयोगमा दुई हजार १ जना विद्यार्थीलाई उक्त सामाग्री वितरण गरिएको हो। 
 अस्पतालको लागि ३ सय थान झुल वितरण गर्दै कांग्रेस नेतृ डा. आरजु देउवा ।

Hardik ivf

रुडुकका संस्थापक अध्यक्ष तथा कांग्रेस नेतृ देउवा र धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले धनगढी उपमहानगरपालिका-१ को सरस्वती आधारभूत विद्यालय र वडा नम्बर ३ को त्रिभुवन माध्यामिक विद्यालय बोराडाडीमा उक्त सामग्री संयुक्त रुपमा हस्तान्तरण गरेका हुन्।

बुधबार दुई विद्यालयबाट सुरु गरिएको झोला वितरण अन्य १३ विद्यालयमा पनि गरिने बताइएको छ। शैक्षिक सामाग्री वितरणले विद्यार्थीहरुको पठनपाठनमा सहयोग पुग्ने देउवाले बताइन्।

त्यस्तै, नेतृ देउवाले सेती प्रादेशिक अस्पताललाई ३ सय थान झुल पनि सहयोग गरेकी छन्। डेंगुको प्रकोप बढिरहेका बेला अस्पतालका बिरामीका लागि सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेलाई उक्त झुल हस्तान्तरण गरेकी हुन्।

प्रकाशित मिति: १३:१९ बजे, बिहीबार, असोज ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्