प्रधानमन्त्री देउवा वीरगंजमा
काठमाडौं, फागुन २६ : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वीरगञ्ज पुगेका छन्। कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनबाट चुनिएका पदाधिकारीहरुको सम्मान कार्यक्रममा...
काठमाडौं, फागुन २६ : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वीरगञ्ज पुगेका छन्।
कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनबाट चुनिएका पदाधिकारीहरुको सम्मान कार्यक्रममा सहभागि हुन देउवा वीरगञ्ज पुगेका हुन्।
वीरगञ्ज पुगेर उनले नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान तथा प्रमाणपत्र हस्तान्तरण गरेका छन्।
भर्खरै सकिएको अधिवेशनबाट पर्साको सभापतिमा जनार्दन सिंह क्षेत्री निर्वाचित भएका छन्। उपसभापतिलगायत पदाधिकारीमा जनार्दन प्यानलले नै जितेको थियो।
प्रकाशित मिति: ११:४३ बजे, बिहीबार, फागुन २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











