Kathmandu Press

संखुवासभा बस दुर्घटना : हेलिकप्टर प्रयोग गरी घाइतेको उद्धार गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं, फागुन २६ : गृहमन्त्री बालकृष्ण खाँणले संखुवासभा बस दुर्घटनाका घाइतेलाई उद्धारका लागि हेलिकप्टर पठाउन निर्देशन दिएका छन्। गृहसचिव टेकनारायण पाण्डे र संखुवासभाका सिडिओ नरहरी...
संखुवासभा बस दुर्घटना : हेलिकप्टर प्रयोग गरी घाइतेको उद्धार गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं, फागुन २६ : गृहमन्त्री बालकृष्ण खाँणले संखुवासभा बस दुर्घटनाका घाइतेलाई उद्धारका लागि हेलिकप्टर पठाउन निर्देशन दिएका छन्। 

गृहसचिव टेकनारायण पाण्डे र संखुवासभाका सिडिओ नरहरी खतिवडालाई हेलिकप्टरको प्रयोग गरी दुर्घटनाका घाइतेलाई उद्धार गर्न निर्देशन दिएका हुन्। 

गृहमन्त्रीको निर्देशनसँगै नेपाली सेनासँग सम्पर्क गरी हेलिकप्टर पठाउने तयारी भइरहेको गृह मन्त्तालयले जानकारी दिएको छ।

बिहीबार बिहान संखुवासभाको मादी नगरपालिका वडा नं ६ पुलुङस्थित सात घुम्तीमा भएको यात्रुबाहक बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन्। 
 
गम्भीर घाइते ५ जनालाई चैनपुरबाट हेलिकोप्टरमा धरान लैजाने तयारी भइरहेको सिडिओ खतिवडाले जानकारी दिए। 

प्रकाशित मिति: ११:३१ बजे, बिहीबार, फागुन २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्