संखुवासभा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो, ५ जनाको जीवित उद्धार
काठमाडौं, फागुन २६ : संखुवासभा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ। बिहीबार बिहान संखुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको ना ४ ख...
काठमाडौं, फागुन २६ : संखुवासभा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ। बिहीबार बिहान संखुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको ना ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका–६ को पुलुड्डस्थित सात घुम्तिमा १४ जनाको मृत्यु भएको हो।
अहिलेसम्म दुर्घटनामा मृत्यु भएका १४ जनाको शव निकालिएको प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । उनका अनुसार मृतकको पहिचान भने भएको छैन । दुर्घटनामा पाँच जनाको जीवितै उद्धार गरिएको छ ।
स्थानीयका अनुसार बसमा करिब १९ देखि २१ जना यात्रु थिए । बस सडकबाट करिब ३०० मिटर तल खसेको जनाइएको छ । दुर्घटनामा कति जनाको ज्यान गयो भन्ने विवरण सङ्कलन भइरहेको उनले जानकारी दिए । क्षतिको यकिन विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवेदीले बताए ।
प्रकाशित मिति: १०:२० बजे, बिहीबार, फागुन २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











