आज नेपालको राजनीतिक प्रतिवेदनमाथि छलफल हुँदै
काठमाडौं, फागुन २६ : नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ।काठमाणडौंको बबरमहलमा बुधबार एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु...
काठमाडौं, फागुन २६ : नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ।
काठमाणडौंको बबरमहलमा बुधबार एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु भएको थियो। बैठकमा अध्यक्ष माधवकुमार नेपालले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र भावी कार्ययोजना समेटिएको राजनीतिक प्रतिवेदन पेश गरेका थिए।
प्रतिवेदनमाथि छलफल गर्न नौ वटा समूह बनाइएको छ। केन्द्रीय सदस्यलाई सात प्रदेश, उपत्यका विशेष र केन्द्रीय विभाग तथा मोर्चा संगठनमा विभाजन गरिएको छ।
आज प्रतिवेदनमाथि समूहगत छलफल हुनेछ। यससँगै प्रत्येक समूह नेताले निश्कर्ष सुनाउने कार्यक्रम रहेको छ।
नेपालको प्रतिवेदनमा आगामी स्थानीय चुनावको तयारीबारे उल्लेख छ। जसमा गठबन्धन मिलेर चुनावमा जानुपर्नेमा जोड दिइएको छ।
यससँगै प्रतिनिधिसभाबाट अनुमोदन भएको अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताका विषयमा पनि समीक्षा गरिएको छ। यसमा पनि एकीकृत समाजवादीका केन्द्रीय सदस्यले आआफ्नो राय दिनेछन्।











