सुन्दरबजारको अनिश्चितकालीन निषेधाज्ञा हट्यो
लमजुङ, फागुन २६ : लमजुङको सुन्दरबजार नगरपालिकास्थित सिउँडीबार क्षेत्रमा जारी अनिश्चितकालनीन निषेधाज्ञा हटेको छ।विद्यार्थीको मृत्युको विषयलाई लिएर पीडित पक्षधरले आन्दोलन चर्काएपछि निषेधाज्ञा जारी...
लमजुङ, फागुन २६ : लमजुङको सुन्दरबजार नगरपालिकास्थित सिउँडीबार क्षेत्रमा जारी अनिश्चितकालनीन निषेधाज्ञा हटेको छ।
विद्यार्थीको मृत्युको विषयलाई लिएर पीडित पक्षधरले आन्दोलन चर्काएपछि निषेधाज्ञा जारी गरिएको थियो। पीडित पक्षले कानूनविपरीत कुनै क्रियाकलाप नगर्ने र कानूनबमोजिम अघि बढ्ने सहमति गरेपछि गएराति ९ बजेदेखि निषेधाज्ञा हटाइएको हो।
सुन्दरबजार–९ स्थित मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा फ्युचर स्टार आवासीय माध्यमिक विद्यालय कक्षा १० मा अध्यनरत तनहुँको भानु नगरपालिका ९ का १७ वर्षीय सनिज श्रेष्ठको मङ्गलबार मृत्यु भएको थियो। त्यसपछि तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो।
परिस्थितिलाई सामान्य बनाएर कानुनअनुसार अघि बढ्ने सहमति पीडित पक्षधारसँग भएसँगै निषेधाज्ञा हटाइएको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले जानकारी दिए।
प्रकाशित मिति: ०६:५९ बजे, बिहीबार, फागुन २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











