Kathmandu Press

यसरी गरिँदै छ बाढीले क्षतिग्रस्त मेलम्ची खानेपानीको मर्मत

काठमाडौं, फागुन २६ : गत असारमा आएको बाढीले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको धमाधम मर्मत सम्भार भइरहेको छ।गत असार १ गतेको बाढी र पहिराले...
यसरी गरिँदै छ बाढीले क्षतिग्रस्त मेलम्ची खानेपानीको मर्मत

काठमाडौं, फागुन २६ : गत असारमा आएको बाढीले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको धमाधम मर्मत सम्भार भइरहेको छ।

गत असार १ गतेको बाढी र पहिराले आयोजनामा क्षति पुगेको थियो। जसले गर्दा काठमाडौंमा खानेपानी आपूर्ति रोकिएको थियो।

अहिले आयोजनाको मर्मतकार्य ६० प्रतिशत सम्पन्न भएको जनाइएको छ। चैतभित्र काठमाडौं उपत्यकामा अस्थायी रुपमा भए पनि पानी लैजाने तयारीमा पुगेको मेलम्ची खानेपानी विकास समितिका डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले बताए।

चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले नेपाली सेनाको सहयोगबाट ढुङ्गा विष्फोट गराएर नदी सफाइ गर्ने ६० प्रतिशत काम सकिएको जनाएको छ। अस्थायी रुपमा काठमाडौँमा पानी ल्याउन मेलम्ची नदीको गेट १, ९ र ३८ मात्र प्रयोग हुने भएकाले मर्मतको काम अन्तिम चरणमा पुगेको कुँवरले जानकारी दिए।

गेट नम्बर ३८ मा हाइड्रोलिक सिष्टम बिग्रिएकाले यसमा थप मर्मतको काम सुरु भएको छ। बाँकी गेटमा भएको क्षति हेरेर अस्थायीरुपमा पानी सञ्चालन गर्न नयाँ गेट जडान गर्ने गरी तयारी थालिएको उनले बताए। मुहानमा खसेका ढुङ्गा माटो सफाइको काम सकिएकाले चैत मसान्तसम्म पानी काठमाडौँ पठाउन सकिने समितिले जनाएको छ।

आगामी चैतसम्म काठमाडौँ उपत्यकामा १७ करोड लिटर पानी दैनिकरुपमा वितरण गर्ने समितिको लक्ष्य छ। तर वर्षा लागेसँगै फेरि चार महिना सुरुङ बन्द गर्नुपर्ने अवस्था रहेको कुँवरले बताए।

मुख्य प्रवेशमार्गमै ठूलो पहिरो गएकाले एशिएन विकास बैंक (एडीबी) ले पहिरो रोकथामका लागि अध्ययन गरिरहेको उनले जानकारी दिए। सुरुङमा थुुपारिएको ६० हजार मेट्रिक टन ग्रेगान माटो हटाइसकिएको जनाउँदै कुँवरले ब्लाष्टिङको अन्तिम चरणमा पुगेको बताए।

ब्लाष्टिङबाट निस्केको गेग्रान माटो बाटो बनाउन र डम्पिङ गरेर व्यवस्थित गरिएको उनले जानकारी दिए।

प्रकाशित मिति: ०६:४० बजे, बिहीबार, फागुन २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्