Kathmandu Press

गृह मन्त्रालयको परिपत्र : अब होटल तथा मनोरञ्जनात्मक व्यवसाय २४ सै घण्टा खुल्ने 

गृह मन्त्रालयले आज प्रहरी प्रधान कार्यालय र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै होटल तथा मनोरञ्जनात्मक व्यवसाय २४ सै घण्टा सञ्चालन गर्ने दिने निर्णय गरेको हो । 
गृह मन्त्रालयको परिपत्र : अब होटल तथा मनोरञ्जनात्मक व्यवसाय २४ सै घण्टा खुल्ने 

काठमाडौं, फागुन २५ : सरकारले होटल तथा मनोरञ्जनात्मक व्यवसाय २४ सै घण्टा सञ्चालन गर्ने दिने भएको छ ।

गृह मन्त्रालयले आज प्रहरी प्रधान कार्यालय र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै होटल तथा मनोरञ्जनात्मक व्यवसाय २४ सै घण्टा सञ्चालन गर्ने दिने निर्णय गरेको हो । 

यो सँगै अब होटल, रेस्टुरेन्ट, डान्स दोहोरी क्लब, लाउन्ज बार लगायत सबै किसिमका रात्रिकालीन व्यवसाय पनि २४  सै घण्टा सञ्चालन हुने भएका छन् । यद्यपी, कोरोना महामारी वा राज्यले नियन्त्रण गरेका समयमा भने स्थानीय परिवेश र स्थानीय प्रशनासनसँग समन्वय गरेर मात्र व्यवसाय खोल्न पाईने गृहको परिपत्रमा उल्लेख छ । 

पछिल्लो समय नेपालमा स्थान अनुसार प्रहरीले रेस्टुरेन्टहरुलाई समेत राति ९ बजे नै बन्द गराउँदै आएको थियो ।

प्रकाशित मिति: २०:५० बजे, बुधबार, फागुन २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्