साम्राज्ञीको दशैं कोशेली ‘रातो टीका निधारमा’
काठमाडौं, असोज ९ : नायिकका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक अंकित शर्माले नेपाली दर्शका लागि दशैंको कोशेली ‘रातो टीका निधारमा’ लिएर आउँद....

काठमाडौं, असोज ९ : नायिकका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक अंकित शर्माले नेपाली दर्शका लागि दशैंको कोशेली ‘रातो टीका निधारमा’ लिएर आउँदैछन्।
राम्राज्ञी र अंकितको मुख्य भुमिका रहेको फिल्म ‘रातो टीका निधारमा’ शुक्रबार रिलिज हुँदै छ। दशैंलाई ध्यानमा राखेर आउन लागेको यो फिल्म अशोक शर्माले निर्देशन गरेका हुन्।
किरण शर्मा र कृति शर्माको निर्माण रहेको यो फिल्मले हलमा भने एकलौटी राज गर्नेछ। यो शुक्रबार ‘रातो टीका निधारमा’ मात्रै रिलिज हुँदैछ।
प्रेम, विछोड र हास्यव्यंग रहेको यो फिल्ममार्फत पहिलो पटक साम्राज्ञी गाउँको परिवेशमा देखिनेछिन्।
उनीसँगै यसमा नीता ढुङ्गाना, बुद्धिराम तामाङ, रवीन्द्रकुमार झा, शिवहरि पौडेल, बसुन्धरा भुसाल, जयानन्द लामालाई देख्न पाइनेछ। यसमा प्रमोद खरेल र मेलिना राईले स्वर दिएका छन्।












