Kathmandu Press

रुस र युक्रेनबीच एक दिने युद्धविरामको सहमति, सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्ने प्रयास 

काठमाडौं, फागुन २५ : रुस र युक्रेनले बुधबार एक दिनको युद्धविराममा सहमति जनाएका छन् । एक दिने युद्धविरामले सर्वसाधारणलाई युद्ध प्रभावित भागबाट भाग्न...
रुस र युक्रेनबीच एक दिने युद्धविरामको सहमति, सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्ने प्रयास 

काठमाडौं, फागुन २५ : रुस र युक्रेनले बुधबार एक दिनको युद्धविराममा सहमति जनाएका छन् । एक दिने युद्धविरामले सर्वसाधारणलाई युद्ध प्रभावित भागबाट भाग्न एक दिनको समय प्राप्त भएको छ । 

स्थानीय समयअनुसार आज बुधवार बिहान ९ बजेदेखि भोलि बिहीवार बिहान ९ बजेसम्म युद्धविराम गर्ने सहमति भएको युक्रेनका अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।

Hardik ivf

उत्तर–पश्चिममा इरपिन र बुचालगायत राजधानी वरपरका क्षेत्रहरूमा रहेका नागरिकहरूलाई रुसी सेनाको बमबारीबाट बच्न किएभमा सारिने बताइएको छ । 

हिजो पनि सुमीबाट ६० वटा बसले सर्वसाधारणलाई बाहिर निकालेको थियो । अहिले ६ वटा मार्गबाट सर्वसाधारणको उद्धार भइरहेको बीबीसीले जनाएको छ । रुसी सिमानानजिक रहेको  दुई लाख ५० हजार जनसंख्या भएको सहर सुमीबाट ५,००० भन्दा बढी मानिसलाई विस्थापित गरिएको थियो । 

यस शहरलाई रुसले ठूला आक्रमण गरेको गरेको छ  । संयुक्त राष्ट्रसंघीय शरणार्थी एजेन्सी युएनएचसिआरले युक्रेन शरणार्थीहरूको कुल संख्या २१ लाखदेखि २२ लाखसम्म पुगेको अनुमान गरेको छ ।

प्रकाशित मिति: १९:१५ बजे, बुधबार, फागुन २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्