Kathmandu Press

राप्रपा नेपालले बनायो १० विभाग, कसलाई कुन जिम्मेवारी ? 

काठमाडौं, फागुन २५ : राप्रपा नेपालले पार्टी पदाधिकारी तथा सदस्यहरुको कार्यविभाजन गरेको छ । बुधबार अध्यक्ष कमल थापाको अध्यक्षमा बसेको पदाधिकारी बैठकले पदाधिकारी र...
राप्रपा नेपालले बनायो १० विभाग, कसलाई कुन जिम्मेवारी ? 

काठमाडौं, फागुन २५ : राप्रपा नेपालले पार्टी पदाधिकारी तथा सदस्यहरुको कार्यविभाजन गरेको छ । 

बुधबार अध्यक्ष कमल थापाको अध्यक्षमा बसेको पदाधिकारी बैठकले पदाधिकारी र केन्द्रीय नेताको नेतृत्वमा १० वटा विभाग गठन गरेको हो । जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा अध्यक्ष थापा आफैं रहेका छन्। 

त्यस्तै आर्थिक विभाग प्रमुखमा उपाध्यक्ष उद्धव पौडेल, नीति तथा अनुसन्धान विभाग प्रमुखमा उपाध्यक्ष डा. विष्णु भण्डारी र सचिवालय प्रमुखमा महामन्त्री भाष्कर भद्रा रहेका छन् । 

यस्तै महामन्त्री सुशील कुमार श्रेष्ठलाई प्रशिक्षण तथा स्थानीय निकाय विभाग, महामन्त्री इन्द्र चित्रकारलाई कार्यक्रम तथा व्यवस्थापन विभाग, अर्का महामन्त्री राजाराम बर्तौलालाई संगठन विभाग, प्रवक्ता सुरेश आचार्यलाई प्रचार विभाग, महामन्त्री ममता राईलाई महिला विभाग र केन्द्रीय सदस्य राजकुमार खड्कालाई सहकारी संस्था समन्वय विभाग प्रमुखको जिम्मेवारी दिइएको राप्रपा नेपालले जनाएको छ। 

पदाधिकारी बैठकले स्थानीय तहहरुमा घरदैलो कार्यक्रम चैत महिनाभित्र संचालन गर्ने निर्णय पनि गरेको छ । 

प्रकाशित मिति: १९:०५ बजे, बुधबार, फागुन २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्