देशभर थपिए २२४ कोरोना संक्रमित, निकाे हुने २५१ जना
काठमाडाैं, फागुन २५ : नेपालमा बुधबार २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको ६ हजार ९ सय ३६ पिसिआर परीक्षणका...
काठमाडाैं, फागुन २५ : नेपालमा बुधबार २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको ६ हजार ९ सय ३६ पिसिआर परीक्षणका क्रममा ६८ जना र ३ हजार १ सय ५६ एन्टीजेन परिक्षणका क्रममा १ सय ५६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
बुधबार कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन। नेपालमा कोरोनाका कारण ११ हजार ९४९ जनाले ज्यान गुमाएका छन्।
त्यस्तै थप २ सय ५१ संक्रमित कोरोना मुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६० हजार ६८ जना निको भएका छन्। हाल ५ हजार ६ सय ९२ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइमा रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १७:५७ बजे, बुधबार, फागुन २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











