Kathmandu Press

भारतमा कोरोना भाइरसबाट थप ४ हजार ५ सय ७५ सङ्क्रमित

नयाँ दिल्ली, फागुन २५ : भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको भए पनि गत सोमबारको तुलनामा मङ्गलबार केही मात्रामा बढेको...
भारतमा कोरोना भाइरसबाट थप ४ हजार ५ सय ७५ सङ्क्रमित

नयाँ दिल्ली, फागुन २५ : भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको भए पनि गत सोमबारको तुलनामा मङ्गलबार केही मात्रामा बढेको पाइएको छ।

भारतमा पछिल्लो २४ घण्टामा थप चार हजार ५७५ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ। यद्यपि सोमबार तीन हजार ९९३ जना कोरोना सङ्क्रमित भएका थिए। 

Hardik ivf

योसँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने ४६ हजार ९६२ पुगेको अधिकारीले जनाएका छन्। सक्रिय सङ्क्रमितको यो संख्या कूल सङ्क्रमितको ०.११ प्रतिशत रहेको समाचारमा जनाइएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा सात हजार ४१६ कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। एउटै अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गइरहेको हो।

भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भइसकेकाको सङ्ख्या चार करोड २४ लाख १३ हजार ५६६ पुगेको छ। भारतमा कोरोना भाइरस सङ्क्रमण मुक्त दर ९८।६९ प्रतिशत रहेको समाचारमा जनाइएको छ। 

कोरोना भाइरसका कारण भारतमा अहिलेसम्म पाँच लाख १५ हजार ३५५ को मृत्यु भएको छ। तीमध्ये १४५ को पछिल्लो २४ घण्टामा मृत्यु भएको हो।  गत मंगलबार एकै दिनमा भारतमा आठ लाख ७९ हजार ९०४ को कोरोना परीक्षण गरिएको छ।

भारतमा कोरोना शुरु भएबाट हालसम्म ७७ करोड ५२ लाखभन्दा बढी व्यक्तिको कोरोना परिक्षण भइसकेको छ।
 
भारत सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरविरुद्ध खोप अभियान शुरु भएको थियो। सो समयबाट हालसम्म कोरोना भाइरसविरुद्धको एक अर्ब ७९ करोड ३३ लाख भन्दा बढी डोज खोप लगाइएको छ।

प्रकाशित मिति: १६:४० बजे, बुधबार, फागुन २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्