Kathmandu Press

चीनमा भेटिए थप २३३ कोरोना संक्रमित

चीनमा भेटिए थप २३३ कोरोना संक्रमित

बेइिजङ, फागुन २५ : चीनमा केही दिनयता कोरोना भाइरसका संक्रमितहरु थप संख्यामा भेटिन थालेको बताइएको छ।

चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारीअनुसार चीनभित्रै पनि संक्रमणका थप व्यक्ति भेटिएका हुन्। उनीहरुकाअनुसार मंगलबार मात्र चीनमा कोरोना भाइरसका २३३ जना नयाँ संक्रमित देखिएका हुन्।

Hardik ivf

तीमध्ये अधिकांश स्वदेशमा नै पाइएको ती अधिकारीले जानकारी दिए। चीनको नेशनल हेल्थ कमिसनले बुधबार दिएको जानकारीअनुसार चीनमा मंगलबार मात्र २३३ जना नयाँ संक्रमित भेटिएका र तीमध्ये अधिकांश चीनभित्रैका नागरिकमा पाइएको हो।

यहाँका जिलिन, सांदोन, सान्सी प्रान्तका केही स्थानमा संक्रमित पाइएका हुन्। पछिल्लो समयमा चीनले कोरोनाको परीक्षणलाई तीव्रता दिएको जनाएको छ।

चीनले कोरोनाबाट निको भएका नागरिकहरुको पुनः स्वास्थ्य जाँच गर्न सुरु गरेको छ। कोरोना पुनः हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले नागरिकहरुको निरन्तर परीक्षण गरिरहेको बताइएको छ।

प्रकाशित मिति: १६:३८ बजे, बुधबार, फागुन २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्