Kathmandu Press

आगामी निर्वाचनमा गठबन्धन हुने या नहुने विषयमा केन्द्रीय समितिले निर्णय गर्छ : उपसभापति खड्का

काठमाडौं, फागुन २५ : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तहको निर्वाचनमा गठबन्धन हुने वा नहुने विषय पार्टीको केन्द्रीय समितिले टुंगो लगाउने बताएका...
आगामी निर्वाचनमा गठबन्धन हुने या नहुने विषयमा केन्द्रीय समितिले निर्णय गर्छ : उपसभापति खड्का

काठमाडौं, फागुन २५ : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तहको निर्वाचनमा गठबन्धन हुने वा नहुने विषय पार्टीको केन्द्रीय समितिले टुंगो लगाउने बताएका छन्।

आज (बुधबार) पार्टीले केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन हुने या नहुने विषयमा केन्द्रीय समिति र कार्यसम्पादन समितिले निर्णय नगरेसम्म त्यसबारे कुनै छलफल नगरिने स्पष्ट पारे।

‘केन्द्रीय समिति र कार्यसम्पादन समितिले निर्णय गरेपछि मात्र गठबन्धनको विषयमा छलफल गर्छौं। अहिले नै त्यसलाई छलफलको विषय बनाउँदैनौं। त्यसबारे अहिले नै छलफल गर्नु अपरिपक्व हुन जान्छ,’ उनले भने।

कांग्रेसले यही फागुन २९ देखि चैत २९ गतेसम्म एक महिना सञ्चालन गर्ने चुनाव प्रचार अभियानका क्रममा गठबन्धनबारे कुनै चर्चा नगरिने उनको भनाइ थियो। यो अभियानमा पार्टीको कार्यक्रम, विचार लिएर जनतामाझ कांग्रेस जान लागेको उनले बताए।  

चुनावी कार्यक्रम, चुनावी तालमेल, चुनावी गठबन्धनका बारेमा केन्द्रीय समिति र कार्यसम्पादन समितिले जे निर्णय गर्छ त्यो निर्णय लिएर पार्टी जनताका बीचमा जाने उनले बताए। ‘त्यसभन्दा अगाडि गठबन्धनको विषयमा कार्यकर्तालाई केही भन्दैनौं,’ उनले भने।

प्रकाशित मिति: १६:१३ बजे, बुधबार, फागुन २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्