Kathmandu Press

आवश्यकताका आधारमा गठबन्धन : वरिष्ठ नेता पौडेल

तनहुँ, फागुन २५ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आवश्यकताका आधारमा आगामी निर्वाचनमा गठबन्धन हुने बताएका छन्। नेपाल तरुण दल जिल्ला कार्य समिति...
आवश्यकताका आधारमा गठबन्धन : वरिष्ठ नेता पौडेल

तनहुँ, फागुन २५ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आवश्यकताका आधारमा आगामी निर्वाचनमा गठबन्धन हुने बताएका छन्। 

नेपाल तरुण दल जिल्ला कार्य समिति तनहुँले आज दमौलीमा आयोजना गरेको तरुण भेलालाई सम्बोधन गर्दै उनले अहिलेको गठबन्धन निर्वाचनसम्मै लैजाने बताएका हुन्। 

वरिष्ठ नेता पौडेलले संविधानको रक्षाका लागि विगतमा गठबन्धन गरिएको उल्लेख गर्दै जुन ठाउँमा कांग्रेस कमजोर छ, त्यहाँ गठबन्धन गर्दा कांग्रेसलाई नै फाइदा पुग्ने बताए। उनले भने, 'हिजो संसद् विघटन गर्ने कार्यको विरोधमा गठबन्धन गरेका हौँ, आगामी निर्वाचनसम्म यसलाई लैजान्छौं।' 

वरिष्ठ नेता पौडेलले कांग्रेसलाई एकजुट बनाएर लैजानुपर्ने बताउँदै कांग्रेस एकजुट भए मात्रै आगामी निर्वाचन जित्न सकिन्छ भन्नुभयो । कांग्रेसलाई जिताउन युवाको महत्वपूर्ण भूमिका हुने भएकाले युवाहरु एक हुनुपर्ने उनले बताए।

'नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताउन युवाहरु एकजुट भएर लाग्नुपर्छ,' उनले  भने, 'युवा भनेका कांग्रेसको मेरुदण्ड हो, युवाहरु कांग्रेसलाई जिताउन एक भएर लाग्नुपर्छ।' 

प्रकाशित मिति: १५:५१ बजे, बुधबार, फागुन २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्