गुटबन्दी र अन्तरविरोधका कारण परिवर्तनको जस माओवादीले लिन सकेन : प्रचण्ड
काठमाडाैं, फागुन २५ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गुटबन्दी र पार्टीभित्रकै अन्तरविरोधका कारण मुलुकको परिवर्तनको जस माओवादीले लिन नसकेको बताएका छन्।बुधबार...
काठमाडाैं, फागुन २५ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गुटबन्दी र पार्टीभित्रकै अन्तरविरोधका कारण मुलुकको परिवर्तनको जस माओवादीले लिन नसकेको बताएका छन्।
बुधबार काठमाडौंमा पार्टी निकट नेपाल उद्योग व्यवसायी महासंघ (प्रस्तावित) को केन्द्रीय तदर्थ समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आजको परिवर्तनको प्रमुख बाहक माओवादी भएपनि गुटबन्दी र पार्टीभित्रकै अन्तरविरोधका कारण त्यसलाई स्थापित गर्न नसकेको बताएका हुन्।
उनले पार्टी र नेतृत्व निर्माणमा परम्परागत मान्यताबाट बाहिर आउन नसकेकोसमेत बताए। पार्टीको केन्द्रीय कमिटीमा समावेशीका साथै बाह्य क्षेत्रको सहभागीता पनि गराउनुपर्ने आफ्नो प्रस्ताव गरेको र त्यसमा समग्र पार्टी गम्भीर रहेको उनले बताए।
त्यस्तै प्रचण्डले अहिले पनि लगातार संविधानमाथि प्रहार भइरहको भन्दै यसलाइ जोगाउन लागिपरेको धारणा राख्नुभयो । समाजवाद उन्मुख अर्थतन्त्रलाई ठिक ढंगले लागू गर्नका लागि अघि बढ्नुपर्ने उहाको भनाइ छ।
त्यस्तै महासंघका संस्थापक अध्यक्ष कृष्ण प्रसाद आचार्यले माओवादीको बिभिन्न कमिटीमा व्यवसायीहरुलाई कुनै स्थान नै नदिएको गुनासो गरे।
त्यस्तै सहभागीहरुले अहिलेको अर्थतन्त्र सुधारका लागि आवश्यक कदम चाल्नुपर्ने सुझाव दिएका थिए।











