Kathmandu Press

प्रधानमन्त्री देउवा र फ्रान्स-नेपाल संसदीय मैत्री समूहका प्रतिनिधिबीच भेटवार्ता

काठमाडाैं, फागुन २५ : फ्रान्स–नेपाल संसदीय मैत्री समूहको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेको छ। समूहका अध्यक्ष भेरोनिक राइटोनको नेतृत्वको प्रतिनिधिमण्डल आज (बुधबार) प्रधानमन्त्री...
प्रधानमन्त्री देउवा र फ्रान्स-नेपाल संसदीय मैत्री समूहका प्रतिनिधिबीच भेटवार्ता

काठमाडाैं, फागुन २५ : फ्रान्स–नेपाल संसदीय मैत्री समूहको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेको छ। 

समूहका अध्यक्ष भेरोनिक राइटोनको नेतृत्वको प्रतिनिधिमण्डल आज (बुधबार) प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेको थियो।

भेटवार्तामा नेपाल–फ्रान्स द्विपक्षीय सम्बन्ध र आपसी हित प्रवर्धनबारे छलफल भएको बताइएको छ।

नेपाल र फ्रान्सबीच ७३ वर्षदेखिको कूटनीतिक सम्बन्ध सुमधुर र उदाहरणीय रहेको चर्चा पनि भेटका क्रममा भएको थियो।

प्रकाशित मिति: १५:०० बजे, बुधबार, फागुन २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्