कालो वा रातो रंगको अधिनायकवादले हित गर्दैन : शर्मा
चितवन, माघ २१ : कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले देशलाई ऋणको भारी बोकाएर रेल ल्याउने आश्वासन नबाँड्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएक....
चितवन, माघ २१ : कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले देशलाई ऋणको भारी बोकाएर रेल ल्याउने आश्वासन नबाँड्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् ।
प्रधानमन्त्री ओली प्रती आक्रोश पोख्दै शमा् ले भने ‘नेपाली कॉंग्रेस बाँघ हो चेतना भया, बाँघले के को सिकार गर्छ त्यो पनि हेक्का राख्नू, कॉंग्रेस सूतेको बाँघ हो।’
शर्माले कांग्रेसँग निहु खोज्ने सकिने पनि बताए । ‘कॉंग्रेससँग जो टकराए उ गयाँ । ‘
कांग्रेसले चितवनमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता शर्माले देश विकासको नाममा विदशी ऋणको भारी बोक्न नेपाली जनता तयार नभएको पनि बताए।
धुर्मस–सुन्तलीले रंगशाला बनाउन सक्ने सरकारले बूढीगण्डकी बनाउन नसक्ने भन्दै उनले प्रधानमन्त्रीको क्षमतामाथि प्रश्न गरे ।
‘खर्बौं रुपैयाँको ऋण लिएर श्रीलंकाले हम्बनटोटामा बन्दरगाह बनायो, चीनको ऋण तिर्न नसकिने भनेर हात उठाएपछि बन्दरगाहमा चाइनाको झण्डा फहराइएको छ,’ प्रवक्ता शर्माले भने, ‘होशियार देश बनाउने नाममा ऋणको भारी बोकाउन पाइँदैन ।’
भारत, चीन वा अमेरिका जसले दिएपनि अनुदान लिन सकिने भएपनि खर्बौं रुपैयाँ ऋण लिन नसकिने शर्माले बताए ।
मलेसियामा महाथीर मोहम्मदले चीनले दिन लागेको पूर्वी तटीय रेल लाइनको ऋण रद्द गरेको उदाहरण दिँदै प्रवक्ता शर्माले ऋणको भारी बोकेर नेपाली लाई रेल नचाहिएको पनि बताए ।
उनले देशमा कम्युनिष्ट पार्टीको अधिनायकवादको झल्को देखिन लागेको भन्दै त्यो कांग्रेसका लागि स्वीकार्य नहुने बताए । ‘कालो रंगको या रातो रंगको अधिनायकवादले मुलुकलाई हित गर्दैन,’ उनले भने ।