प्रधानसेनापति र बंगलादेशी राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं, फागुन २५ : प्रधानसेनापति प्रभुराम शर्मासित नेपालका लागि बंगलादेशका राजदूत सल्लाहुदिन नोमन चौधरीबीच शिष्टाचार भेटवार्ता भएको छ।
राजदूत सल्लाहुदिन नोमन चौधरी आज (बुधबार) प्रधानसेनापति शर्मालाई भेट्न नेपाली सेनाको मुख्यालयमा पुगेका थिए। प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको भेटवार्तामा दुईपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धबारे छलफल भएको थियो ।
यस किसिमको भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने नेपाली सेनाले जनाएको छ।
प्रकाशित मिति: १३:१८ बजे, बुधबार, फागुन २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











