Kathmandu Press

चिनियाँ र पाकिस्तानी विदेशमन्त्री फोनवार्ता

बेइजिङ, फागुन २५ : चिनियाँ र पाकिस्तानी विदेशमन्त्रीबीच फोनवार्ता भएको छ।चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानी विदेशमन्त्री साह मोहमद कुरेसीबीच फोनवार्ता भएको बताइएको...
चिनियाँ र पाकिस्तानी विदेशमन्त्री फोनवार्ता

बेइजिङ, फागुन २५ : चिनियाँ र पाकिस्तानी विदेशमन्त्रीबीच फोनवार्ता भएको छ।

चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानी विदेशमन्त्री साह मोहमद कुरेसीबीच फोनवार्ता भएको बताइएको छ। उनीहरुका बीचमा मंगलबार फोनमा कुराकानी भएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।

त्यस फोनवार्ताका क्रममा चिनियाँ विदेशमन्त्री यीले हालै पाकिस्तानको पेसावरमा भएको आतंककारी हमलाको कडा शब्दमा निन्दा गर्नुभएको बताइएको छ।

त्यस्तै उनीहरुका बीचमा चीन पाकिस्तान द्विपक्षीय सम्बन्धका साथै अन्य सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको थियो ।

त्यस वार्ताका क्रममा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले हालै गरेको चीन भ्रमण र त्यहाँ उनले बेइजिङ ओलम्पिकमा सहभागिता जनाएकाे लगायत विषयमा पनि कुराकानी भएको थियो।

प्रकाशित मिति: १२:१३ बजे, बुधबार, फागुन २५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्