Kathmandu Press

तीन दिनदेखि लागेको डढेलो अझै नियन्त्रमा आएन, जोखिममा सोलुखुम्बुको नाक्चुङका १३ परिवार

सोलुखुम्बु, फागुन २५ : खुम्बु पासाङल्हामु गाउँपालिका–२ मा पर्ने हरियाली सामुदायिक वनमा लागेको डढेलोका कारण बस्ती जोखिममा परेको छ । आइतबार रातिदेखि लागेको...
तीन दिनदेखि लागेको डढेलो अझै नियन्त्रमा आएन, जोखिममा सोलुखुम्बुको नाक्चुङका १३ परिवार

सोलुखुम्बु, फागुन २५ : खुम्बु पासाङल्हामु गाउँपालिका–२ मा पर्ने हरियाली सामुदायिक वनमा लागेको डढेलोका कारण बस्ती जोखिममा परेको छ । आइतबार रातिदेखि लागेको डढेलो नियन्त्रण बाहिर हुँदा सोही गाउँपालिका वडा नं २ को नाक्चुङबस्ती जोखिममा हो ।

वडाध्यक्ष आङ्फुर्वा शेर्पाका अनुसार डढेलोका कारण नाक्चुङका १३ घरपरिवार जोखिममा परेका छन्। तीव्र बेगको हावाका कारण स्थानीयवासीले आगो नियन्त्रणमा लिन नसकेपछि सोमबारदेखि आगो निभाउन हेलिकोप्टरको प्रयोग गरिएको छ ।

अग्निनियन्त्रक सिम्रीक एयरको हेलिकोप्टरले दुई दिनदेखि आगो नियन्त्रणमा लिने प्रयास जारी राखेको भए पनि सफल नभएको प्रहरीले जनाएको छ । गाउँपालिकाको पहलमा ल्याइएको उक्त हेलिकोप्टरले आगो नियन्त्रणका लागि ८४ हजार लिटर पानी प्रयोग गरेको वडाध्यक्ष  शेर्पाले बताए।
 
आगो लागेको क्षेत्र नजिकै पर्ने सुर्केखोलाबाट पानी तान्ने काम गरिएको छ। मंगलबार बेलुका लुक्लामा नै बसेको हेलिकोप्टरले बुधबार पनि आगो नियन्त्रणको प्रयास गरिरहेको छ।

डढेलो नियन्त्रणका लागि गाउँपालिकाले सबै संयन्त्र प्रयोग गरेको भए पनि सफल हुन नसकेको गाउँपालिकाले जनाएको छ । अत्यधिक भिरालो र तीव्र बेगको हावाका कारण आयो नियन्त्रणमा समस्या भएको बताइएको छ।

सोही डढेलोको धुवाँका कारण सोमबार बिहान झण्डै एक घण्टा तेञ्जिङ हिलारी विमानस्थल लुक्ला बन्द गर्नुपरेको थियो ।

प्रकाशित मिति: ११:३२ बजे, बुधबार, फागुन २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्