Kathmandu Press

आसन्न निर्वाचनमा कांग्रेसलाई जिताउन युवाहरू एकजुट भएर लाग्नुपर्छ : नेता पौडेल

तनहुँ, फागुन २५ : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नजिकिँदै गरेको निर्वाचनमा पार्टीलाई जिताउन युवाहरु एक जुट भएर लाग्नुपर्ने बताएका छन्।नेपाल तरुण दल...
आसन्न निर्वाचनमा कांग्रेसलाई जिताउन युवाहरू एकजुट भएर लाग्नुपर्छ : नेता पौडेल

तनहुँ, फागुन २५ : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नजिकिँदै गरेको निर्वाचनमा पार्टीलाई जिताउन युवाहरु एक जुट भएर लाग्नुपर्ने बताएका छन्।

नेपाल तरुण दल भानु नगर समितिले  आयोजना गरेको संगठन सुदृढीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीमा तरुण युवाको भूमिका महत्वपूर्ण रहेको बताउँदै युवा शक्तिकै कारण पार्टी बलियो हुने उल्लेख गरे।

‘युवा भनेका कांग्रेसको मेरुदण्ड हो, युवाहरू कांग्रेसलाई जिताउन एक भएर लाग्नुपर्छ’, उनले भने, ‘कांग्रेसले जितेमात्रै देशको विकास सम्भव छ।’

सोही कार्यक्रममा केन्द्रीय सदस्य शंकर भण्डारीले तनहुँको विकासका निमित्त कांग्रेसले जित्नुपर्ने धारणा राखे।

 

प्रकाशित मिति: १०:४० बजे, बुधबार, फागुन २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्