Kathmandu Press

अन्तर्घात आरोपमा गाउँपालिका उपाध्यक्ष एमालेबाट निस्कासित

बैतडी, फागुन २५ : नेकपा एमाालेले बैतडीको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुश्मा चन्दलाई कारबाही गरेको छ। उसले चन्दलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही...
अन्तर्घात आरोपमा गाउँपालिका उपाध्यक्ष एमालेबाट निस्कासित

बैतडी, फागुन २५ : नेकपा एमाालेले बैतडीको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुश्मा चन्दलाई कारबाही गरेको छ। उसले चन्दलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

२०७४ को स्थानीय निर्वाचनमा उपाध्यक्षमा निर्वाचित भएकी चन्दले पार्टीको हितविपरीत काम गरेको भन्दै एमालेले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो ।

चन्दमाथि एमालेले राष्ट्रियसभा निर्वाचनमा अन्तर्घात गरेको भन्दै कारबाही गरेको जनाएको छ। माघ १२ गते भएको राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका पाँच प्रमुख–उपप्रमुखले अन्तर्घात गरेको निष्कर्ष निकाल्दै एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले जिल्लालाई छानबिन गरी कारबाही गर्न निर्देशन दिएको थियो ।

‘पार्टीको निर्देशन बमोजिम पदीय आचरण र भूमिका निर्वाह नगर्ने र बेवास्ता गर्दै हिँड्ने, सामाजिक सञ्जालमा पार्टीको नीति, नेतृत्वविरुद्ध जाने र विरोधी पार्टीसँग साँठगाँठ गरी पदीय आचरणको दुरुपयोग गरेको भेटिएको छ’, जिल्ला अध्यक्ष सुरेन्द्र पाल र सचिव चक्र कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘हाल पनि विरोधी पार्टीसँग हिमचिम गरेकाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ ।

यस्तै  पार्टीलाई बुझाउनुपर्ने लेबीसमेत नबुझाएको, पार्टीको हितविपरीत काम गरेको र स्पष्टीकरण सोध्दासमेत नदिएकाले चन्दमाथि कारबाही गरिएको जनाइएको छ ।

प्रकाशित मिति: १०:३१ बजे, बुधबार, फागुन २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्