दाङमा मोटरसाइकल र कार ठोकियो, एक जनाको मृत्यु
दाङ, फागुन २५ : दाङमा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मंगलबार रााति लमही–३ बनगाउँमा मोटरसाइकल र कार ठोक्किंदा एक...
दाङ, फागुन २५ : दाङमा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मंगलबार रााति लमही–३ बनगाउँमा मोटरसाइकल र कार ठोक्किंदा एक जनाको मृत्यु भएको हो।
मंगलबार राति लमहीबाट भालुबाङ् जाँदै गरेको रा६प ६८४९ नम्बरको मोटरसाइकल र भालुबाङ्देखि लमहीतर्फ आउँदै गरेको बा१०च २५८१ नम्बरको कार बनगाउँस्थित पेट्रोल पम्प नजिकै आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक राप्ती गाउँपालिका–१ का २५ वर्षीय नरेन्द्र जिसी प्रहरीले जनाएको छ। उनको उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको हो ।
मृतकको शव पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ । ठक्कर दिने कार प्रहरीले नियन्त्रणमा लिए पनि चालक भने फरार छन् ।
प्रकाशित मिति: ०९:५१ बजे, बुधबार, फागुन २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











