एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं, फागुन २५ : नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठक आज बस्दै छ।बबरमहलस्थित कार्की ब्यांकेटमा आज बिहान ११ बजे बैठक बस्ने भएको...
काठमाडौं, फागुन २५ : नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठक आज बस्दै छ।
बबरमहलस्थित कार्की ब्यांकेटमा आज बिहान ११ बजे बैठक बस्ने भएको छ। दुई निसम्म चल्ने बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी पारित भइसकेपछिको परिस्थिति र सत्ता गठबन्धनबारे छलफल हुने जनाइएको छ।
केन्द्रीय समिति बैठकको पहिलो दिन अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गर्नेछन्।
पोलिट ब्युरो सदस्यको सुझावसहित पेश हुने प्रतिवेदनमा राष्ट्रिय राजनीतिको समीक्षा र स्थानीय तह निर्वाचनको तयारीको विषय रहेको जनाइएको छ।
प्रकाशित मिति: ०७:५२ बजे, बुधबार, फागुन २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











