नाइजेरियामा ५७ लडाकू मारिए
कानो, फागुन २४ : नाइजेरियामा शसस्त्र समूहको आक्रमणमा परी प्रतिकार समूहका ५७ जनाको मृत्यु भएको छ।स्थानीय सुरक्षाका लागि सरकार निकट मानिने लडाकू दस्ताका...
कानो, फागुन २४ : नाइजेरियामा शसस्त्र समूहको आक्रमणमा परी प्रतिकार समूहका ५७ जनाको मृत्यु भएको छ।
स्थानीय सुरक्षाका लागि सरकार निकट मानिने लडाकू दस्ताका सदस्यलाई बन्दूकधारीहरूले हत्या गरेका हुन्।
देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने जुरू जिल्लामा भएको घटनामा परी उनीहरुको मृत्यु भएको स्थानीय सुरक्षा श्रोत र स्थानीय बासिन्दाले जानकारी दिएका छन्।
घटना सोमबार भएपनि प्रहरीले मङ्गलबार मात्रै घटनाका बारेमा जानकारी दिएको हो। प्रहरीले घटनास्थलबाट ५७ जनाको शव निकालिएको बताएपनि स्थानीयले भने ६२ जनाको मृत्यु भएको दावी गरेका छन्।
नाइजेरियामा शसस्त्र लुटेराहरूले स्थानीय बासिन्दालाई कुटपिट गर्ने, हत्या गर्ने र लुटपाट गर्ने गरेकाले प्रतिकारका लागि सरकारको सहयोगमा प्रतिकार समूहको व्यवस्था गरिएको छ।
प्रतिकार समूहका सदस्य र लुटेराहरूको समूहबीचमा बेला बेलामा झडप हुने र मानवीय क्षति हुने गरेको छ।












