पेट्रोलियम पदार्थमा लिँदै आएको कर घटाउने विषयमा छलफल
काठमाडौं, फागुन २४ : पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर उकालो लागेपछि संसदीय समितिले चासो देखाएको छ । संघीय संसद्अन्तर्गतको उद्योग, तथा वाणिज्य र...
काठमाडौं, फागुन २४ : पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर उकालो लागेपछि संसदीय समितिले चासो देखाएको छ ।
संघीय संसद्अन्तर्गतको उद्योग, तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले पेट्रोलियम पदार्थको मूल्यवृद्धि सम्बन्धी चासो देखाएको हो ।
समितिले अर्थमन्त्रालय, उद्योग तथा वाणिज्य मन्त्रालय र नेपाल आयल निगमसँग यस विषयमा जानकारी समेत लिएको छ ।
यस्तै, पेट्रोलियम पदार्थको मूल्यवृद्धि, यसमा सरकारले लिने कर तथा बिक्री बापतको घाटा सम्बन्धी जानकारी लिन समितिले छलफल नै गर्ने भएको छ ।
पेट्रोलियम पदार्थमा लिँदै आएको उच्च कर घटाउने विषयमा छलफल गर्न लागिएको हो ।
प्रकाशित मिति: १९:२५ बजे, मंगलबार, फागुन २४, २०७८
थप समाचार






