Kathmandu Press

डकुमेन्ट एआई स्टार्टअप डकसुमोले ३.५ मिलियन डलर उठायो

काठमाडाैं, फागुन २४ : उद्यमीहरुलाई ग्राहकका कागजातहरुबाट स्वचालित निर्णयहरु गर्न मद्दत गर्ने ‘डकसुमो’ ले हालै बीजपुँजीमा ३.५ मिलियन डर (करिब ४३ करोड रुपैयाँ) उठाएको छ।

यो कम्पनी युवा नेपाली डाटा वैज्ञानिकबाट उद्यमी बनेका विक्रम दाहाल र उनका भारतीय समकक्षी रुषभ सेठले सन् २०१९ जनवरीमा सहस्थापना गरेका थिए। स्टार्टअपको मूल प्रविधि नेपालका स्वदेशी डाटा वैज्ञानिक र इन्जिनियरहरुद्वारा सञ्चालित छ। जसले व्यवसायहरुलाई वित्तीय कागजातहरु स्वचालित रुपमा पढ्न र त्यसका आधारमा निर्णय गर्न मद्दत गर्नेछ।

फिफ्ट वाल, आरबोर रियलटी ट्रस्ट र वर्तमान लगानीकर्ता बेटर क्यापिटलको सहभागितामा कमन ओसनद्वारा राउन्डको नेतृत्व गरिएको थियो। स्टार्टअपले नयाँ कोषलाई नेपाल र भारतमा आफ्नो बढ्दो कर्मचारी टिमलाई विस्तार गर्न र उत्तर अमेरिकी बजारमा आफ्नो ग्राहक आधार बढाउन नयाँ कोष प्रयोग गर्ने योजना बनाएको छ।

प्रकाशित मिति: १९:२२ बजे, मंगलबार, फागुन २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्