महिलाले केही गर्न सक्दैनन् भन्ने मानसिकता कायमै छ : नेतृ राणा
काठमाडौ, फागुन २४ : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं नेतृ आरजु राणा देउवाले महिला राजनीतिमा सक्षम भएपनि ‘सक्दिनन् र महिला हुन्’ भन्ने प्रश्न उठ्ने...
काठमाडौ, फागुन २४ : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं नेतृ आरजु राणा देउवाले महिला राजनीतिमा सक्षम भएपनि ‘सक्दिनन् र महिला हुन्’ भन्ने प्रश्न उठ्ने गरेको बताएकी छिन् ।
११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गरिएको ‘महिलाको राजनीतिक सहभागिता : चुनौती र भविष्यको बाटो’ विषयक अन्तरक्रियामा नेतृ राणाले पुरूषवादी सोचका कारण महिला सक्षम भएपनि केही गर्न सक्दैनन् भन्ने मानसिकता कायमै रहेको बताएकी हुन् । महिला राजनीतिज्ञ हुनु आफैंमा चुनौतीपूर्ण भएको उनकाे धारणाा थियाे ।

उनले अझै पनि महिला भन्दा घर, चुला र चौकामा सीमितको परिभाषा आउने बताइन् । नेतृ राणााल भनिन्, 'हामी जस्तोसुकै पारिवारिक ‘ब्याकग्राउन्ड’बाट आएपनि परिवारको सहयोग महत्वपूर्ण पाटोको रुपमा रहन्छ ।' राजनीतिमा १९९० पछि नेपालमा वृहत परिवर्तन भएको र अन्तरिम संविधानले ३३ प्रतिशतको हक सुनिश्चिततापछि महिलाका लागि केहीहदसम्म फराकिलो स्थान पाएको राणाले सुनाइन् ।
'२१औं शताब्दीसम्म पनि नेपाली समाज पुरुषप्रधान नै छ', उनले भनिन् । यस्तो परिपेक्षमा महिला पुरुष प्रधान समाजमा माथि उठेर आफ्नो हकअधिकारको लागि राजनीति एउटा सशक्त पक्ष भएको उनको बुझाइ छ ।
‘जिन्दगी एक नाटकका रूपमा लिइन्छ । जहाँ सुन्दर देखिनको लागि निक्कै संघष गर्नुपर्छ । त्यसैपनि महिलालाई राजनीतिमा सफलता पाउन निक्कै मुस्किल हुन्छ । महिला सामुनपातिक रूपमा मात्र भन्दा पनि प्रतिस्पर्धाको रूपमा जानुपर्छ,’ उनी भन्छिन्, ‘त्यसाे भयाे भने महिला सक्षम छन् प्रमाणित हुन्छ।'
नेतृ राणााले पुरूषलाई रात अबेरसम्म राजनीतिक विषयमा बहस गर्न छुट भएपनि महिलाले त्यस्तो गर्दा गलत दृष्टिकोणले हेरिने बताइन्। अहिलेपनि महिला र पुरूषलाई हेर्ने सामाजिक दृष्टिकोण परिवर्तन हुन नसकेको गुनासो उनकाे छ।











