Kathmandu Press

कांग्रेस सिरहा सभापतिमा यादव निर्वाचित

जनकपुरधाम, फागुन २४ : नेपाली कांग्रेस सिरहा सभापतिमा रामचन्द्र यादव निर्वाचित भएका छन्। उनी १ हजार ४ सय २६ मत ल्याएर सभापतिमा निर्वाचित भएका...
कांग्रेस सिरहा सभापतिमा यादव निर्वाचित

जनकपुरधाम, फागुन २४ : नेपाली कांग्रेस सिरहा सभापतिमा रामचन्द्र यादव निर्वाचित भएका छन्। 

उनी १ हजार ४ सय २६ मत ल्याएर सभापतिमा निर्वाचित भएका हुन्। यसअघि पनि उनी नै जिल्ला सभापति थिए।

उनका प्रतिस्पर्धी रामसुन्दर चौधरीले ८८७ मत प्राप्त गरे। यादव संस्थापन पक्षका हुन् भने चौधरी इतर पक्षका हुन्।

नयाँ नेतृत्वका लागि सोमबार निर्वाचन भएको थियो।

प्रकाशित मिति: १७:५० बजे, मंगलबार, फागुन २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्